खजुरा गाउँपालिका वडा नम्बर २ गाैतम बस्तीमा रहेकाे अमर माविको नव निर्मित ४ काेठे पक्की भवन र २ काेठे शाैचालयकाे बिहीबार एक भब्य समारोहका बिच उद्घाटन भएको छ ।
संघिय सरकार (विद्याल क्षेत्र योजना कृयाकलाप र खजुरा गाउँपालिकाकाे सहकार्यमा भवन निर्माणकार्य सम्पन्न भएको हो ।
नवनिर्मित भवनको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले उद्घाटन गर्नुभएको थियो ।
करिव ७२ लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ४ कोठे पक्की भवन र २ काेठे पक्की शाैचालय छ

भवन उद्घाटन कार्यक्रम बाेल्दै अध्यक्ष विकले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधारका र शिक्षाको गुणस्तर हिसाबले सामुदायिक विद्यालय अव्बल देखिए पनि शिक्षाको सुधार अझै आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावकलाई आग्रह गर्नुभयो ।
विद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, विचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उनको भनाइ थियो ।
विद्यालय गएका आफ्ना बालबालिकाको पढाईको अवस्था, साथी–संगतका कुरामा ध्यान दिन सकेमात्र बालबालिका अव्बल हुन सक्ने भन्नुहुँदै अध्यक्ष विकले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताउनुभयो ।
गाउँपालिकाले शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको भन्नुहुँदै उहाँले शिक्षक र अभिभावकको सकारात्मक भूमिका हुन आवश्यक रहेको बताउनुभयो ।
Discussion about this post