खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

खजुरा स्थानीय गठबन्धन दलका नेताहरुले अलपत्र सडक र जीर्ण पुल निर्माणका विषयमा गाउँ पालिकालाई ज्ञापनपत्र बुझाए

पालिका पाटी पालिका पाटी
२०८१ भाद्र २९, शनिबार १०:१७
A A
0

बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक ठेकेदारबाट अलपत्र पारिएको र सोही सडकमा रहेको जीर्ण पुल निर्माणमा ढिलाई भएको भन्दै राजनीतिक दलहरुले आन्दोलनको चेतावनी दिएका छन् । खजुरा गाउँ पालिकाको स्थानीय गठबन्धन दलका नेताहरुले आज गाउँ पालिकालाई ज्ञापन पत्र बुझाउँदै १ महिना भित्र पुलको टेण्डर र सडक निर्माणको काम प्रक्रियामा नगए आन्दालन गर्ने चेतावनी दिएका हुन् ।

स्थानीय गठबन्धन (कांग्रेस-माओवादी केन्द्र)का नेताहरु गाउँ पालिका पुगेर पालिका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मन्जु मल्ललाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले पालिका मार्फत बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन तथा हुलाकी सडक निर्देशनालयलाई समेत सडक र पुल निर्माणका काम सुचारु नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी पठाएका छन् ।
दलहरुले बुझाएको ज्ञापनपत्रमा २०७४ सालमा ठेक्का सम्झौता भएर पटक पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको १ हजार ८ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहिन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जिर्ण भएर कुनैपनि बेला खस्न सक्ने अवस्थामा पुग्दा समेत निर्माणका लागि तदारुकता नदेखाईएको उल्लेख गरिएको छ । पुलको वारीपारीका ३ सय मिटर क्षेत्रमा वर्षामा पानी भरिएर आवत जावत बन्द हुने र सडक जिर्ण भएर सवारी संचालनका कठीनाई हुने गरेको स्नानीय चुनावी गठबन्धन दलको ज्ञापनपत्रमा लेखिएको छ ।

गठबन्धन दलका तर्फबाट कांग्रेसका रमेश सिंजाली, राजेन्द्र आचार्य तथा माओवादी केन्द्रबाट राजकुमार विकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन् । संघीय सरकारमा गठबन्धन फेरिएपनि खजुरामा भने गत स्थानीय निर्वाचनमा भएको चुनावी गठबन्धनलाई कायम राख्दै दलगत सहकार्य गरिँदै आएको छ ।

ज्ञापनपत्र बुझ्दै पालिकाका अध्यक्ष विकले असोज २५ भित्रमा पुलको टेण्डर प्रक्रिया सुरु नभएर आफु सहित पालिकाका सम्पूर्ण जनप्रतिनिधि सडकमा सुतेर आन्दोलित हुने जानकारी दिए । उनले आन्दोलनका सम्बन्धमा हुलाकी सडक निर्देशनालय र स्थानीय प्रशासनलाई जानकारी गराईसकिएको जनाउँदै जनताको एकता र राजनीतिक दलको साथ लिएर सशक्त आन्दोलन गरिने बताए ।

संबिधान दिवसका दिनबाट जनपरिचालन गर्दै जीर्ण पुल आसपासको सडक मरमत तथा १ हजार ८ सय मिटर सडक सरसफाई गरेर सांकेतिक आन्दोलनको सुरुवात गरिने जनाउँदै उनले सुनुवाई नभए जनताको साथ लिएर जनप्रतिनिधिहरुले नै आन्दोलनको नेतृत्व गर्ने घोषणा गरे ।

खजुरा बजार क्षेत्रको सडक गुणस्तरहिन बनाउने ठेकेदारमाथि कारवाही गरिँदा ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवा उल्टो सडक डिभिजन विरुद्ध मुद्दामा गएपछि सो सडक अलपत्र परेको हो । सडकको मुद्दा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बिचाराधिन रहेको छ । पटक पटक म्याद थप गर्दापनि सडक निर्माणको काम सम्पन्न नगरेको तथा सम्झौता विपरित अत्यन्त गुणस्तरहिन काम गरेको भन्दै सडक डिभिजन मार्फत सडक बिभागले ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवालाई ठेक्का सम्झौता खारेज गर्दै कालो सूचीका लागि सिफारिस गरेको थियो ।

अलपत्र सो सडक लुम्बिनी प्रदेशको पश्चिम सिमाना बर्दियाको सदरमुकाम हुँदै कैलाली जोड्ने मुल सडक खण्डमा पर्दछ ।

Share3Tweet2ShareSendShare1

सम्बधित समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै
पालिका खबर

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८१ भाद्र २९, शनिबार १०:१७
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन
पालिका खबर

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८१ भाद्र २९, शनिबार १०:१७
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ भाद्र २९, शनिबार १०:१७
3
खजुरामा गौरवका योजना प्राथमिकतामा
पूर्वाधार

खजुरामा गौरवका योजना प्राथमिकतामा

२०८१ भाद्र २९, शनिबार १०:१७
6
Next Post
संविधान दिवस” को अवसरमा खजुरा गाउँपालिकाले सरसफाई, वृक्षारोपण तथा सडक मर्मत गरेर बनायो

संविधान दिवस" को अवसरमा खजुरा गाउँपालिकाले सरसफाई, वृक्षारोपण तथा सडक मर्मत गरेर बनायो

खजुराले मनायो जेष्ठ नागरिक दिवस

खजुराले मनायो जेष्ठ नागरिक दिवस

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८१ भाद्र २९, शनिबार १०:१७
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८१ भाद्र २९, शनिबार १०:१७
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ भाद्र २९, शनिबार १०:१७
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८१ भाद्र २९, शनिबार १०:१७
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys