नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ नेपाल भार सिमानामा पर्छ । वडा नम्बर १५ को अधिकाश भाग भारतको बहराइच जिल्लाको रुपहिडिया बजार संग जोडिएको छ ।
नेपालगन्ज वडा नम्बर १५ मधेसि समुदायका ब्यक्तिहरुको बाहुल्यता रहेको वडा हो । वडाको पहुँच शिक्षा, स्वास्थ्य, खानेपानी, इन्टरनेट, यातायात जस्ता सबै सुबिधाको पहुँचमा रहेको छ ।
भौतिक पुर्वाधार बिकासमा समेत अब्बल रहेको वडा नम्बर १५ मा कालोपत्रे, पिसिसी ढलान, हाइमास्ट लाइट, आरसिसी ढलान र केही ग्राभेल बाटो रहेका छन् ।
भौतिक पुर्वाधार निर्माण र सेवाग्राहीलाई सेवा दिने प्रमुख उदेश्य राखेर काम गर्दै आएको बताउने वडा अध्यक्ष मदन बिक्रम शाह वडाबासी सबैको मन राखेर काम गर्दै आएको जिकिर गरेका छन् ।
वडाबासीकै छलफल र मागमा आधारित योजना ल्याउने गरेको र सोही अनुरुप बिकास र लक्षीत बर्गको कार्यक्रम पनि तय गरिने हुँदा वडाको बिकास समग्र रुपमा वडाबासेकै माग र आवश्यकताको आधारमा रहेको छ, अध्यक्ष शाहले बताए ।
Discussion about this post