खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

आत्मनिर्भर र समृद्ध खजुराका लागि योजनावद्ध विकास अध्यक्ष विक

पालिका पाटी पालिका पाटी
२०८१ बैशाख ८, शनिबार १३:३४
A A
0

भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिका समुद्र सतहबाट १३० मिटरदेखि १६४ मिटरको उचाईसम्मको मात्र विविधता रहेको छ । १०१.९१ वर्ग किलोमिटर क्षेत्रफल रहेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन् । भारतीय सीमा नजिक पूर्व सैनिकहरुको बस्ती छ । खजुरा बाँकेको ब्यवस्थित बसोबास भएको र पुरानो बजार पनि हो । साविकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, र रनियापुर गाउँ विकास समितिलाई समेटर ८ वटा वडाहरू कायम गरी यो गाउँपालिका निर्माण गरिएको हो । २०७८ को जनगणना अनुसार खजुरा गाउँपालिकाको कुल जनसंख्या ६२ हजार ७८९ रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या हुने गाउँपालिकामध्ये खजुरा तेश्रो गाउँपालिका हो ।

जातीय हिसाबले मिश्रित बसोबास रहेको खजुरा गाउँपालिकामा मधेसी, मुस्लिम, थारु, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन् । जातीय र भाषिक विविधताले गाउँपालिका क्षेत्रमा मुख्यरुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लिम र क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्यता पनि उत्तिकै रहेको छ । पश्चिमी तराई क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भू–भाग समथर छ । सहकारिता, समन्वय र सह–अस्तित्वको सिद्धान्तका आधारमा सञ्चालन हुने वर्तमान संघीय शासन व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा निकटमा रहेर शासन सञ्चालनको परिकल्पना गरिएको छ । पालिकाले नयाँ संरचनाका माध्यमबाट संविधान प्रदत्त अधिकारको प्रयोग र शासन सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा समग्र गाउँपालिकाको अवस्था, स्थानीय सरकार सञ्चालनका चुनौति र आगामी कार्ययोजना लगायतका विषयमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’सँग गरिएको कुराकानी ः

आफ्नो दुइबर्षे कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

पहिलो कुरा एक बर्षे कार्यकाल अनुभव र शिक्षामूलक नै रह्यो । कसरी सरकार सञ्चालन गर्ने कसरी कार्यक्रम सञ्चालन गर्ने, कहाँ–कहाँ अफ्ठेरा हुँदा रहेछन्, समस्याहरुलाई कसरी हल गर्ने भन्ने कुरा सिकाईको बर्षजस्तो भयो । चुनौतीपूर्ण पनि भयो । यद्यपी विगतमा यो जिम्मेवारी नहुँदा पनि मेरो कर्तव्य वा जिम्मेवारी जनताको काम सहज बनाउने नै थियो, अहिले गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदासमेत जनताकै कामलाई कसरी सहज बनाउने र उहाँहरुको माग अनुसारका योजना कार्यान्वयन गर्ने नै रहेको छ ।

हिजोका दिनमा पनि निरन्तर नेतृत्व गरेकै थिए । हिजो आफू दलको मात्रै काम गर्दा कतिपय दलकै नीतिअनुरुप काम गनुपथ्र्यौ, अहिले सरकारको नीति नियमभित्र रहनुपर्ने भएकोले केही सुरुका दिनमा केही गाह्रो महसुस भएकै थियो । हिजो पार्टीका गतिविधि सञ्चालन गर्दा विपक्षीहरुको कुनै प्रकारको अवरोध हुँदैन्थ्यो भने अहिले राज्य संरचना अनुसार स्थानीय सरकारको नेतृत्व तहमा हुँदा विपक्षीहरुको धेरैथोर आलोचना र प्रतिक्रिया सुन्नुपर्छ । तर हामी रचनात्मक कामका लागि विपक्षीहरुले गर्ने आलोचनालाई सहजरुपमा लिएर अघि बढ्छौं ।

दुइ बर्षे अवधीमा के कस्ता कार्यक्रमहरु सुरुवात भएका छन् ?

सबैको आँखा पर्ने भनेको भौतिक पूर्वाधार नै हो । भौतिक पूर्वाधारमा हामीले हामी आउनुभन्दा पहिलेका पनि गौरवका योजनाहरु छन् । प्रशासनीक भवन, शीत भण्डार, सभागृह, अस्पताल लगायतका केही भौतिक पूर्वाधार निर्माणाधिन अवस्थामा छन् । तीनलाई हाम्रो कार्यकालमा जसरी पनि सम्पन्न गर्नुपर्नेछ । काम चाँही अघि बढेकै छ । प्रशासनीक भवनले गति लिन नसके पनि ढिलो गरि काम अघि बढेको छ । सभाहल अन्तिम चरणमा छ, शीत भण्डार करिब सम्पन्न भइसकेको अवस्थामा छ । अर्को कुरा हामी आइसकेपछि केही योजनाहरु पनि थपेका छौं । लक्ष्य भनेको खजुरालाई नगरपालिकामा स्तरोन्नती गर्ने हो ।

त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा हाम्रो जोड रहेको छ । मनोरञ्जनका लागि पार्क आवश्यक पर्ने भएकाले शहिद पार्कको डिपिआर तयार गरी बजेट विनियोजन गरेका छौं । यसैगरी खजुरामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरेका छौं । जग्गा अधिग्रहण गरी बसपार्क निर्माण गर्दैछौं । यसैगरी वडा नम्बर ८ मा बधुवा ताल रहेको छ । त्यसलाई जलासययुक्त बनाउने योजना छ । जसरी पानीका ताल तलैया पुरिने र पानीका श्रोत सुक्ने समस्या देखिएको छ । वातावरणलाई असर गर्ने परिस्थितिलाई मेकअप गर्न जलासययुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजेका छौं । त्यसका लागि बजेटको ब्यवस्था गरेर प्रदेशमा पनि माग गरेका छौं ।

१५÷१६ विघामा रहेको तालमा सधैभरी पानी रहनेछ भने त्यहाँ बस्दै आएका मुक्त कमैया परिवारले होमस्टे चलाउनुहुनेछ । त्यसका लागि समिति बनेको छ, त्यसलाई सहयोग गर्छौ । नजिकैं सौर्य प्लान्ट रहेकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने लागेको छ । अर्को फोहोर ब्यवस्थापन गनुर््पर्नेछ । निजी क्षेत्रसँग साझेदारी गरेर फोहरलाई मोहरमा बदल्ने गरि काम अघि बढाउदैछौं । ट्याक्टर खरिद गरी जनशक्तिका लागि बजेट ब्यवस्थापन गरेका छौं । खजुरा बजारको फोहर ब्यवस्थापनका लागि जमिन खोजी यहि बर्षबाट काम हुने गरी लागेका छौं । विद्युतको सव–स्टेशन र फोरलेन सडक बनेपछि खजुरालाई नगरपालिका बन्नबाट कसैले रोक्न सक्ने छैन ।

प्रत्येक घरमा खानेपानी पु¥याउने योजनासहित अघि बढाएका छौं । खानेपानीले ट्याङ्की र पाइप दिएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाबाट पाइप लाइन विस्तारमा सहयोग गरिएको छ । हाम्रो कार्यकालमा खजुराका सबैघरमा खानेपानी पुग्नुपर्दछ भनेर लागेका छौं । अब जनतालाई यो पानी शुद्ध छ, यो पानी पिउनुपर्दछ भनेर धारा जोड्न लगाउनुपर्नेछ । स्वास्थ्यमा हामीले प्रत्येक नागरिकको पहुँच पुग्नुपर्छ भनेर लागेका छौं । त्यसका लागि जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सहित घरघरमा पुगेका छौं । यसैगरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकसँग स्वास्थ्य सेवा पु¥याइरहेका छौं । परम्परागत कृषिलाई ब्यावसायिक कृषिमा बदल्न सकिन्छ भन्ने विश्वास छ । त्यसका लागि सिचाईमा जोड दिदैं ४०० बढिलाई मोटर र बोरिङ बाँडेका छौं । लिफ्ट सिँचाई मर्मतसम्भार ग¥यौं ।

यस सिजनमा पानी नपर्दा अझै समस्या देखिएको छ । अर्कोतर्फ उत्पादनमा आधारित अनुदान प्रक्रियामा जानुपर्दछ भन्ने छ । जसका लागि वडामा सहायक संकलन केन्द्र र पालिकास्तरमा सङ्कलन केन्द्र हुनेछ । कृषकले त्यहाँ आप्mना उत्पादनहरु ल्याउनुहुनेछ । त्यहाँबाट ब्यापारी कहाँ पुग्ने ब्यस्था मिलाइनेछ । धानको र गहुँको बिउ पालिकाले उत्पादन गर्नुपर्छ भनेर लागिपरेका छौं । पशुपालनतर्फ घासमा आत्मनिर्भर बनाउन कृषक समूह बनाएका छौं । कृषक समुहले धेरै उत्पादन गरेपछि बर्दिया, डोटीसम्म जाने गरेको छ । पशुमा देखिएको रोग नियन्त्रणका लागि २२ जनाको टोली परिचालन गरिएको छ । सुत्केरी पशुलाई भत्ताको ब्यवस्था गर्दा पशुपालनमा समेत वृद्धि भएको पाइएको छ ।

यसबाट गाइभैंसीको सङ्ख्या र दुध उत्पादनको तथ्याङ्क समेत प्राप्त भएको छ । पशुपालन फर्मलाई प्रोत्साहन र सहयोगका कार्यक्रम पनि ल्याएका छौं । फुल खेती, तरकारी खेतीका लागि सहयोग गरेका छौं । शिक्षामा प्रधानाध्यापकको मिलान गरेका छौं । सबै विद्यालयमा तहगत प्रअको ब्यवस्थापन गरिएको छ । लामो समयसम्म एउटै विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गर्ने नीति बनाउँदैछौं । शिक्षालाई गुणस्तरीय बनाउने नै हो । हिजोको सिकाईबाट कमजोर शिक्षकलाई विषयगत तालिम दिने र कमजोर विद्यार्थीका लागि थप कोचिङको ब्यवस्था मिलाउनका लागि बजेटको ब्यवस्थापन गरिएको छ ।

यस्तै लोकसेवा तयारी कक्षा सञ्चालन र लुम्विनी प्राविधिक विश्वविद्यालयमा दुई जना जेहेन्दार विद्यार्थीलाई अध्ययनको ब्यवस्थापन गर्दैछौं । विश्वविद्यालय छिटो सञ्चालनका लागि स्थानीयस्तरमा आवश्यक सहजीकरण गरेका छौं । अबै छिट्टै कक्षा सञ्चालन पनि हुनेछ । तत्काल प्रयोजनका लागि भवन पनि दिन सहमत छौं । यसरी भन्दा हिजोको एकवर्ष आधार तयार गर्न खर्च भएको छ । अब हामी आगामी कार्ययोजना कार्यान्वयन गरेर आत्मनिर्भर, समृद्ध खजूरा आफै बनाउन सक्छौं भन्ने लागेको छ ।

खजुरामा निर्माणाधिन ठुला आयोजनाको निर्माण कार्यमा ढिलाई भईरहँदा पालिकाको तर्फबाट कसरी सहजिकरण भएको छ ?

खजुरा बजारमा पmोरलेन सडक १८०० मिटर बनाउन लागेको लामो समय बितेको छ । अब सडक डिभिजनले ठेक्का तोडेर हुलाकी सडक अन्तर्गत निर्माण गर्नुपर्छ भनेर निरन्तर खबरदारी गरेका छौं । सडक डिभजनले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । तर यसबीचमा निमाृण ब्यवसायीले अदालतको आदेशमा भन्दै फेरि काम सुरु गर्न लागेको देखिन्छ । बजारको सडक पनि फराकिलो बनाउनुपर्छ । छिटो निर्माण कार्य अघि बढाउन हामी पहिले पनि डेलिगेशन गयौ । फेरी जान्छौं । परसपुर–गौघाट सडक केन्द्र सरकारले ठेक्का गरे पनि काममा ढिलाई भएको छ ।

हाम्रो निरन्तरको दबाब र पहलकदमीपछि भर्खरैं निर्माण कार्य अघि बढेको छ । यो सडक पनि छिटो द्रुतगतिमा बन्नुपर्दछ । केन्द्र र प्रदेशका योजना भए पनि ढिलाई हुँदा जनतालाई सास्ती भएकाले हामी अग्रसर हुनुपर्ने भएको छ । हामीले निरन्तर समन्वय र सहकार्य पनि गरेका छौं, प्रभावकारी भूमिका निर्वाह गरेका छौं । पालिकाभित्रै पालिकाले अघि बढाएका गौरवका सबै आयोजना सम्पन्न गर्नका लागि लागिपरेका छौं । हाम्रो निरन्तरको प्रयास र पहलकदमीपछि शीत भण्डारको काम अन्तिममा पुगेको छ । पालिका भवन पनि सम्पन्न हुने अवस्थामा पुगेपछि हामी नयाँ भवनमा सरीसकेका छौं ।

पालिकाका तर्फबाट योजना बनाउँदा घोषणा पत्रलाई कत्तिको महत्व दिनुभएको छ ?

घोषणा पत्रका आधारमै काम अघि बढेको छ । कृषि प्राधिकरण बनाउने बाहेक अन्य सबै बजेटमा समेटिएको छ । हामी आएको डेढ बर्षको छोटो समयमा नागरिकले आशा गरेबमोजिम प्रतिफल प्राप्त हुने कुरै भएन । पूर्ण सन्तुष्ट हुने अवस्था छैन । अबको चार बर्षको अवधिमा अझै धेरै काम गर्नुपर्नेछ । अबको अवधिमा नागरिकले आशा गरेबमोजिम प्रतिफल दिनका लागि हामी घोषणा पत्रको कार्यान्वयनकै दिशामा अघि बढिरहेका छौं । अहिलेसम्म भएका कामबाट नागरिक उत्साहित हुनुहुन्छ । विकासको चाहना र समृद्धिको यात्रा कहिल्यै टुङ्गिदैन ।

अबको बर्षमा के–कस्ता काम हुँदैछन् ?
नयाँ र पुराना सबैखाले योजना कार्यान्वयन गर्दै अघि बढ्ने हो । पालिकाका सबै बस्तीलाई कच्ची सडकमुक्त बनाउने अभियानमा छौं । पुराना बस्ती र नयाँ बस्तीमा पीसीसी र आरसीसी तथा कालोपत्रे गर्ने भन्ने छ । औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण बनाउन गाउँपालिकाले निरन्तर पहल गरिरहेको छ । जीर्ण र भत्किएका सडक सुधार गरेर अघि बढ्दैछौँ ।
कृषिको आधुनिकीकरण र व्यवसायिकताका लागि कृषिमा अनुदान र प्रविधिमा सहयोग गर्ने खालका कार्यक्रम ल्याएका छौँ । आगामी दिनमा सबैसँग समन्वय गरेर अघि बढ्छौँ । हाम्रो कार्यकालको एक बर्षको अवधिमा सोचेभन्दा धेरै काम गरेका छौं । सञ्चालन भइरहेका आयोजनालाई समयमै कसरी सम्पन्न गर्ने भन्ने कुरामा हाम्रो ध्यान केन्द्रीत छ । विकासको रफ्तारलाई कसरी अघि बढाउन सकिन्छ भनेर आगामी बर्षका लागि थप योजना बनाएका छौं । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ क्षेत्रमा गर्न बाँकी कामलाई प्राथमिकता दिएर सम्पन्न गर्नेछौँ ।

हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिएर अगाडि बढ्छौँ । कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई जनमुखी, पारदर्शी र मितव्ययी बनाइनेछ । हामी राजनीति कम सेवा बढी गर्छौं । जनताका दुखसुखमा हाजिर हुन्छौं । हाम्रो गाउँपालिकाका नागरिकलाई भोक र रोगबाट टाढा बनाउँदै समृद्ध जानकीको सपना पुरा गर्ने अभियानमा छौं ।

जनयुद्धमा बाँके–बर्दियाको कमाण्ड गरेको ब्यक्ति अहिले स्थानीय सरकारको प्रमुख भएपछि के फरक पाउनुभएको छ ?

काल परिस्थिति भिन्न भएका कारण भूमिका फरक हुने नै भयो । विगतमा जनयुद्धको समय राजतन्त्र अन्त्यको एकसुत्रीय संकल्प थियो । जसका लागि जीवन दिन तयार थियौं । त्यो आन्दोलनको गति थियो । अहिले स्थानीय तहको नेतृत्व गर्दा त्यसबेलाका केही प्रतिवद्धता कार्यान्वयन गर्न सक्ने ठाउँमा पुगेका छौं । जनतालाई पहुँच पु¥याउने विकास, सेवाप्रवाह लगायतमा अब कसरी काम गर्न सकिन्छ भनेर सबैभन्दा गम्भिर र जिम्मेवार बनाउँछ ।

जनयुद्धकालको र अहिलेको जिम्मेवारी फेरिएको छ । जनयुद्धकालबाट १२ बुँदे सम्झौता, संघीयता र लोकतान्त्रिक गणतन्त्रकाल पाएका जिम्मेवारीबाट अहिले स्थानीय तहको नेतृत्व गरिरहँदा जुनसुकै विकासका कार्य सञ्चालन गर्दा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीच हुने एकता नै यसलाई नमूना र बनाउने बलियो आधार हो ।

Share2Tweet1ShareSendShare

सम्बधित समाचार

नेपालगन्ज ४ मा सुविधा सम्पन्न शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन
पालिका

नेपालगन्ज ४ मा सुविधा सम्पन्न शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन

२०८१ बैशाख ८, शनिबार १३:३४
18
वडा नम्बर १५ को वडा भेला : ‘वडाबासीको योजनालाई समेअतेका छौं’ – अध्यक्ष शाह
स्थानीय खबर

जनतासँगको सहकार्य गर्दै वडाको विकास गर्न सकिन्छ: वडा अध्यक्ष मदन विक्रम शाह

२०८१ बैशाख ८, शनिबार १३:३४
4
वडा नम्बर १५ को वडा भेला : ‘वडाबासीको योजनालाई समेअतेका छौं’ – अध्यक्ष शाह
स्थानीय खबर

वडा नम्बर १५ को वडा भेला : ‘वडाबासीको योजनालाई समेअतेका छौं’ – अध्यक्ष शाह

२०८१ बैशाख ८, शनिबार १३:३४
10
नेपालगन्ज १६ ले जन्मसिद्ध नेपालीका छोराछोरीलाई नागरिताको लागी सिफारिस दिन थाल्यो
स्थानीय खबर

नेपालगन्ज १६ ले जन्मसिद्ध नेपालीका छोराछोरीलाई नागरिताको लागी सिफारिस दिन थाल्यो

२०८१ बैशाख ८, शनिबार १३:३४
3
Next Post
खजुरामा गौरवका योजना प्राथमिकतामा

खजुरामा गौरवका योजना प्राथमिकतामा

सोमबारबाट नेपालगन्ज  बजारमा यति ब्रुअरीको नयाँ ब्रान्ड ‘अर्ना छक्का’ चाैका

सोमबारबाट नेपालगन्ज  बजारमा यति ब्रुअरीको नयाँ ब्रान्ड 'अर्ना छक्का' चाैका

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८१ बैशाख ८, शनिबार १३:३४
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८१ बैशाख ८, शनिबार १३:३४
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ बैशाख ८, शनिबार १३:३४
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८१ बैशाख ८, शनिबार १३:३४
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys