श्रावण १ गते नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.०४ ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याएको छ।
सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा न.४ ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन बाँके क्षेत्र न.३ का सांसद किशोर सिंह राठौरले गरेका हुन ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.४ का वडा अध्यक्ष गोपाल पुनको अध्यक्षातामा, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मा. किशोर सिङ राठौर, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, उप प्रमुख कमरुद्दिन राई, अतिथि बाँके जिल्ला प्रमुख विपिन आचार्य , प्रहरी प्रमुख सन्तोष सिङ राठौर, भेरी अस्पताल व्यावस्थापन समिति अध्यक्ष वीरेन्द्र बहादुर शाही , प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, भेरी अस्पताल मेसु डा. बद्री चापागाईं, नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडा अध्यक्ष एंव नगर कार्यपालिका सदस्यहरु, नगरका जनस्वास्थ्य प्रमुखहरु लगायत स्थानीय राजनीति क्रमि, समाजसेवी , टोल सुधार समिति अध्यक्ष र स्थानियको उपस्थिति रहेको थियोे ।
राठोरले बाँकेका सबै पालिकाभित्र यस्ता किसिमका सुविधा सम्पन्न स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुनुपर्ने र नागरिकलाई सबै किसिमको सेवा सुविधा दिनुपर्ने बताए।
उता नगर प्रमुख बिष्टले नेपालगन्ज ०४ न वडा नमुनाको रुपमा विकास हुदै गएको र यस स्वास्थ्य केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्यक्षेत्रमा उच्च स्थान हासिल गरेको र आजकै दिन देखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र फ्री एम्बुलेन्स सेवा दिएको पनि बताए ।
यस केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, बरिस्ठ चिकित्सकबाट स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने , निशुल्क औषधिहरुको व्यवस्था गर्ने र ३८ प्रजातिका ल्याप चेकजाँच गर्ने। अन्य प्राइभेट मेडिकल र सरकारी अस्पताल भेरी भन्दा नि न्यून शुल्कमा सेवा दिनुका साथै यश स्वास्थ केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने र वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने वडा अध्यक्ष गोपाल पुनले बताएका थिए ।कार्यक्रम संचालन भने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ निरिक्षक जागेश्वर बस्नेतले गरेका थिए ।
Discussion about this post