खजुरा / खजुराले संविधान दिवसकाे अबसरमा
सडक मर्मत तथा सरसफाइ गर्दै मनाएको छ ।
खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरूले
संविधान दिवसको अवसर पारेर सङ्घीय सरकार
अन्तर्गतको सडक मर्मत तथा सरसफाइ र
बृक्षारोपण गर्दै मनाएका हुन । उनीहरूले पेडारी
नालाको पुल र खजुरा बजार क्षेत्रको १ हजार ८ सय
मिटर सडक निर्माणको माग गर्दै आन्दोलनको
घोषणा समेत गरेका छन् ।
खजुरा बजार बीचमा रहेको २०२८ सालमा बनेको
साँघुरो पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि
दुर्घटना हुन सक्ने र बर्दियाको सदरमुकाम गुलरिया
जोड्ने मूल सडक अन्तर्गतको खजुरा बजार क्षेत्रको
१ हजार ८ सय मिटर सडक निर्माणमा सङ्घीय
सरकारले बेवास्ता गरेको भन्दै जनप्रतिनिधिहरूले
असोजको २५ गतेसम्ममा पुलको ठेक्का सूचना
प्रकाशित गर्न माग गरे । निर्माणका लागी सूचना
प्रकाशित नभए सडकमा उत्रने चेतावनी दिए
। संविधान दिवसका दिन पारेर सङ्घीय सरकार
अन्तर्गतको सडकका खाल्डोहरू पुर्ने र मर्मत गर्ने
कार्य गरेको पालिका सरकारले जीर्ण पुल खसेर
दुर्घटना भएर त्यसको जिम्मा सङ्घीय सरकारले
लिनुपर्ने जनाएको छ ।
खजुरा १ नम्बर बाट सडकको बीच भागको घाँस
काट्दै निस्केको पालिकाका जनप्रतिनिधि,
कर्मचारी, पालिका अन्तर्गतका बिद्यार्थी, स्थानीय
राजनीतिक दलका प्रतिनिधि, प्रहरी तथा नागरिक
अगुवाहरू सहितको ¥यालीले खजुरा धनौली
सम्मको सरसफाइ गर्नुका साथै पालिकाको साधन
श्रोत परिचालन गरि वर्षाले ध्वस्त बनाएको जीर्ण
पुल वारी पारीको सडकको खाल्डो पुर्ने र मर्मत गर्ने
कार्य गरेको थियो ।
सरसफाइ तथा सडकको डिभाइडर बढेको घाँस
काट्ने कार्यमा कर्मचारी प्रहरी सहित स्थानीय
विद्यालयका विद्यार्थीहरू समेत सहभागी थिए।कार्यक्रमको समापनको अवसरमा बोल्दै खजुरा
गाउँपालिकाका अध्यक्ष डम्बर वि.क. तुफानले पुल
बनेको ५३ वर्ष पुग्दा पनि सङ्घीय सरकारले
खजुराको जीर्ण पुल निर्माण र ठेकेदारले अलपत्र
पारेको १ हजार ८ सय मिटर सडक बनाउने विषयमा
बजेट सुनिश्चितता गर्न माग गरे । उनले ठेक्का
लगाउन बेवास्ता गरेको भन्दै जनपरिचालन सहित
सडकमा आउन आफुहरु लाई बाध्य नपार्न
सरकारलाई आग्रह गरे । उनले पुल निर्माण र सडक
निर्माण बारे दर्जनौँ पटक ध्यानाकर्षण गराउँदा पनि
सुनवाई नभएकाले आन्दोलनमा जान बाध्य हुनु
परेको बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल,
प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना
लगायतले संविधान दिवसको
शुभकामना व्यक्त गरेका थिए ।
Discussion about this post