खजुरा : विद्यालय स्तरमा योग र आयुर्वेदको महत्वका बारेमा सचेतना फैलाउदै नसर्नेरोगबाट नागरिकलाई जोगाउने उद्देश्यले खजुरा गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले खजुराका सामुदायिक विद्यालयका शिक्षकलाई तिनदिने अभिमुखिकरण कार्यक्रम सुरु गरेकाे छ।

खजुरा आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख किरण खनालले खजुरा गाउँपालिकाकाे आर्थिक सहयोगमा सामुदायिक विद्यालयका स्वास्थ्य तथा शाररीक शिक्षा विषय शिक्षकका लागि योग र आयुर्वेद स्वास्थ्यको महत्वको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालनमा ल्याएकोे बताउनुभयो छ ।
उनले सामुदायिक विद्यालयमा योग र आयुर्वेद स्वास्थ्यको प्रभावको बारेमा जानकारी दिदै नागरिकसम्म नसर्ने रोगको सचेतना फैलाउन विद्यार्थी र्माफत सजिलो हुने भएकोले विद्यालय शिक्षकलाई अभिमुखिकरणमा ल्याईएको बताए ।
सो अभिमुखिकरणमा बाेल्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले शिक्षकका लागि योग र आयुर्वेद स्वास्थ्यका बारेमा सिकेको कुरा विद्यालयसम्म पुराएर विद्यार्थीको शिक्षण सिकाईमा प्रयोग गर्नसके नागरिकलाई स्वस्थ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय स्तरमा योग र आयुर्वेद स्वास्थ्यको महत्व बुझाउन सकेमा नसर्ने रोगको निराकरण गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
Discussion about this post