स्थानीय तहलाई प्रविधि मैत्री बनाउनका लागि खजुरा गाउँपालिकामा राजश्व सम्बन्धी अभिमुखीकरण एवं सुत्रको राजस्व मोडुल सम्बन्धि
पूर्नताजगी तालिम सञ्चालन गरिएको छ ।
जनप्रतिनिधी ,वडा सचिवहरु, वडा कार्यालयमा कार्यरत सहायक कम्प्यूटर अपरेटरहरु, राजश्व शाखा प्रमुख, सूचना प्रविधि अधिकृत र अन्य सरहरुको उपस्थिति रहेको थियो ।
अब देखि खजुरा गाउँपालिकामा सबै खाले राजश्व सम्बन्धी कामकाज अनलाईन सिस्टमबाट गरिनेछ ।
खजुरा गाउँपालिकाले स्थानीय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । सोमवार गाउँपालिकाका जनप्रतिनिधि ८ वटै वडाका वडा सचिवहरू तथा वडा कार्यालयमा कार्यरत सहायक कम्प्यूटर अपरेटरहरुलाई तालिम प्रदान गरिएको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।
हस्तलिखित रसिदको प्रयोग हटाउन र अनलाइनको प्रयोग गरी वडा कार्यालयमा राजस्व भौचर काट्न, वडा कार्यालयको सेवा प्रवाहलाई थप पारदर्शिता कायम गर्न र छिटो छरितो बनाउन सहयोग पुर्याउने उद्देश्यले सबैका वडाका सचिवहरूलाई तालिम प्रदान गरिएको खजुरा गाउँ पालिकाकी उपाध्यक्ष तथा राजश्व परामर्श समिति संयाेजक मन्जु मल्लले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम उपाध्यक्ष मन्जु मल्ल ,वडा नम्बर १का वडा अध्यक्ष मनविर क्षेत्री, वडा नम्बर २का वडा अध्यक्ष धनिराम वली, वडा नम्बर ३का वडा अध्यक्ष पुर्ण भण्डारी लगाएतले गाउँपालिकामा राजश्व सम्बन्धी राजस्व सम्बन्धि
अभिमुखीकरण एवं सुत्रको राजस्व मोडुल सम्बन्धि
पूर्नताजगी सम्बन्धित आफ्नो भनाइ राखेका थिए ।
Discussion about this post